पात्रो

रेडियो

समाचार खोजी

दोहोरो अंकले घट्यो बजार

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार



आज  शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ३३।३३ अंकले घटेर २६७०।०६ को बिन्दुमा रोकिएको छ। 
आज कारोबारमा आएका ३२२ कम्पनीका १ करोड १४ हजार ८ सय ६६ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७ सय ६६ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।
बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ६।७५ प्रतिशतले नाफा कमाएका छन् भने हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सबैभन्दा बढी ५।३५  प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५० करोड ३६ लाख ८  हजार ९ सय ८४।६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन हिजो आइतबार भने रामनवमीको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो । 

 

 

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता