पात्रो

रेडियो

समाचार खोजी

किसानलाई बाँदर आतंकबाट मुक्त गर्न प्रयासरत कर्ण खड्का

कृषक अभियन्ताको कथा

साझा अर्थ संवाददाता २४ चैत २०८१, आइतवार

दोलखाः १७ वर्ष सेनामा जगिर खाई रिटायर्ड हुनु भएका कर्ण खड्कालाई शहरको रमझम भन्दा गाउँमै फर्किएर बस्न मन लाग्यो।  पहिले देखिनै आफु जन्मिएको ठाउँमा केही गरौं भन्ने हुटहुटी भएका खड्का २०७७ सालमा जागिरबाट अवकास लिएपछि आफ्नैं गाउँ मेलुङ गाउँपालिका वडा नम्बर सातको खड्का थोक फर्कनु भयो । 
गाउँफर्किएपछि गाउँनैं बाँदर आतंकले पीडित भई किसान आतंकित भएको देखेपछि यो आतंकबाट किसानलाई कसरी मुक्ति दिन सकिन्छ भन्ने लागेर आफू बाँदर नियन्त्रणको प्रयासमा लागेको खड्काले बताउनु भयो । बाँदर नियन्त्रणको प्रयास स्वरुप उहाँले सल्यानको शारदा नगरपालिका वडा नम्बर दुईका आविस्कारक विजय रानासँग  छलफल गर्न सल्यान पुग्नु भयो । 
रानासँगको छलफल पछि ठूलो आवाज आउने बाँदर धपाउने बन्दुक किनेर वडा नम्बर सातका २२ वटा टोललाई आफ्नै खर्चमा २०७८ साल पुषमा वितरण गरेको उहाँले बताउनु भयो । बाँदर धपाउने बन्दुक खरिद गर्दा तथा किसान सम्म पुर्‍याउँदा आफ्नो करिब एक लाख खर्च भएको उहाँको भनाई छ । बन्दुकमा हाल्ने केमीकल सहित वितरण गरिएका बन्दुकहरु पड्काउने तालिम समेत आफैले लिएर स्थानीय किसानहरुलाई  पनि सिकाएको खड्काले बताउनु भयो ।  । 
केही समय बन्दुकको असर रामै्र देखियो, बन्दुकको चर्को अवाज सुनेपछी बाँदर भागे, किसानको बाली केही हदसम्म जोगियो । तर पछि केमीकल कहाँबाट कसरी खरिद गर्ने भन्ने बारेमा किसान लाई राम्रो ज्ञान नभएका कारण तथा सही ढंगले पड्काउन नजान्दा बन्दुकको प्रयोग भएन, फेरि बाँदर आतंक बढ्यो । 
बाँदर धपाउने क्रममा मानिसको ज्याननै गएपछि मेलुङका किसान २०८० सालमा उहाँलगायतको पहलमा जिल्ला प्रशान कार्यालय दोलखामा बाँदर आतंक नियन्त्रण गर्न माग गर्दै डेलिगेसन नैं आएका थिए । 
“ किसान लाई बाँदर आतंकबाट मुक्ति कसरी दिन सकिन्छ भनेर यो अभियान सुरु गर्नु गरेको हो ।” खड्काले भन्नु भयो, “अब स्थानीय सरकार लागेको छ, नयाँ प्रविधि पनि आएका छन् । नयाँ प्रविधिले राम्रो काम गर्छ होला ।”
चालु आर्थिक वर्षको फागुन महिनामा मेलुङ गाउँपालिकाले आविस्कारक विजय राना लाई बोलाई मेलुङका किसानलाई बाँदर भगाउने बारे १० दिने तालिम समेत दिएको खड्काले बताउनु भयो ।
“तालिममा रानाले दिएको जानकारी अनुसार बाँदर नियन्त्रणकालागि, बाँदर भगाउने बन्दुुकका अतिरिक्त पासो थापेर पक्रने, विभिन्न जनावरको आवाज सहित ड्रोनको प्रयोग गर्ने, शक्तिशाली लेजर लाईट प्रयोग गर्ने, हल्का झड्कालाग्ने गरी तारले खेती गर्ने ठाउँलाई बार्ने लगायतका उपाय रहेछन् । ” अभियन्ता खड्काले भन्नुभयो ।
बाँदरबाट मेलुङका किसान ज्यादै पीडित भएकोले गाउँपालिकाले आविस्कारक विजय राना लाई तालिम दिन झिकाई बाँदर नियन्त्रण सम्बन्धी तालिम दिन लगाएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले बताउनु भयो । तालिममा बाँदर नियन्त्रणकालगि उपयुक्त भनिएका विभिन्न उपकरणहरुममध्ये परीक्षणबाट प्रभावकारी देखिने उपकरणहरु खरिद गरी, गाउँपालिका भरी बाँदर नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष थोकरको भनाई रहेको छ । 
सबैक्षेत्रबाट प्रयास भई बाँदर आतंक नियन्त्रण भएमा किसानको मेहनत खेर नजाने बाँदर नियन्त्रणमा पहल गरिरनु भएको खड्काको भनाई रहेको छ । बाँदर आतंक राज्यबाट नियन्त्रण हुने हो भने युवाहरु कृषि पेशामै रमाउने उहाँको विश्वास छ ।

1011 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता