पात्रो

रेडियो

समाचार खोजी

मौसम खुलेपछि चार दिनपछि मन्थली– लुक्ला उडान शुरु

साझा अर्थ संवाददाता २४ चैत २०८१, आइतवार

 

सोलुखुम्बुस्थित लुक्लाको विमानस्थल क्षेत्रको मौसम खुलेसँगै आइतबार बिहानैबाट रामेछापको मन्थलीबाट लुक्लाको हवाइ उडान शुरू भएको छ ।  लुक्ला विमानस्थलमा मौसमका कारण उडान हुन नसकेपछि बिहीबारबाट करिब ५ सय पर्यटक मन्थलीमै अड्किएका थिए । उनिहरुलाई  हेलिकप्टरमार्फत लुक्ला र विमानमार्फत फाप्लु विमानस्थल पुर्याइएको थियो ।

चार दिनपछि लुक्लाको मौसम खुलेसँगै आइतबार बिहानैदेखि मन्थली–लुक्ला उडान सुरु भएको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताए ।

नागरिक उड्डयन प्राधिकरणले सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्याउने गरेको छ । वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थली विमानस्थलमार्फत पर्यटकलाई लुक्ला लैजाने र ल्याउने व्यवस्था गरिएको छ ।

347 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्