काठमाडौःसानिमा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट दिने भएको छ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. संग सहकार्य गरेपछि अस्पतालमा विशेष छुट दिइने भएको हो ।
सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नें बैंकले जनाएको छ । चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिने बैंकको भनाई रहेको छ । ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. लाई जानकारी गराउनु पर्ने बताइएको छ ।
साझा अर्थ संवाददाता