पात्रो

रेडियो

समाचार खोजी

सेयर बजारमा आज करेक्शन

साझा अर्थ संवाददाता १९ चैत २०८१, मङ्गलवार

काठमाडौं । मंगलबार सेयर बजारको कारोबार मापन गर्ने नेप्से परिसूचकमा १६.९५ अंकको गिरावट आएर २६७६.१७ बिन्दुमा रोकिएको छ ।

मंगलबार नेप्सेमा कुल ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ ।

गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य बढेर आज प्रतिकित्ता रु. २५७९.८० पुगेको छ । 

त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६४ करोड २५ लाख ६६ हजार ६ सय २२.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

मंगलबार बैंकिङ समूहको सेयर मूल्यमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा ०.९५ प्रतिशत, फाइनान्स समूहमा १.८४ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.७४ प्रतिशत र जलविद्यूत् समूहमा ०.९९ प्रतिशतको गिरावट आएको छ ।

यस्तै, लगानी समूहको सेयर मूल्य ०.४४ प्रतिशत, जीवन बिमा समूहको ०.६३ प्रतिशत, उत्पादन समूहको ०.५२ प्रतिशत, लघुवित्त समूहको १.१० प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.३८ प्रतिशतले घटेको छ ।

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता