पात्रो

रेडियो

समाचार खोजी

दोर्दी खोलाका शतप्रतिशत हकप्रद आजदेखि

साझा अर्थ संवाददाता १९ चैत २०८१, मङ्गलवार

दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आज चैत १९ गते मंगलबारदेखि आवेदन खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

जस अनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ ।

 

256 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु