सरकारले उद्योग–व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने विभिन्न क्षेत्रका उत्कृष्ट व्यवसायी तथा व्यावसायिक प्रतिष्ठानलाई सम्मान गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गर्नका लागि सम्भावित व्यवसायी र प्रतिष्ठानहरूको नामावली सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को कारोबार विवरण ९भन्सार विभाग, राष्ट्र बैंकलगायतको तथ्यांकका आधारमा० सहित सम्भावित व्यवसायी तथा सम्बन्धित संस्थाहरूको सूची सार्वजनिक गरिएको हो । तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने पाँच कम्पनीमा थर्ड आई इन्टरनेसनल ९ऊनी गलैँचा०, एभरेस्ट पस्मिना निटिङ एन्ड वेभिङ (तयारी पोसाक), नेसनल एक्सपोर्टस् प्रालि ९ऊनी फेल्टका सामान०, मनराम हिमालय ह्यान्डिक्राफ्ट ९छुर्पी० र तारा ओरियन्टल ९पस्मिना सल० सिआइपी सम्मानको सूचीमा अटाएका छन् ।
भारततर्फ रकमका आधारमा सबैभन्दा धेरै निर्यात गर्ने शीर्ष तीन निर्यातकर्ता–उद्योगीमा डाबर नेपाल, आरती स्ट्रिप्स र रिलायन्स स्पिनिङ मिल्स परेका छन् । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले १९ अर्ब ४७ करोड रुपैयाँबराबरको वस्तु भारत निर्यात गरेर अग्रस्थानमा छ ।
चीनतर्फ रकमका आधारमा सबैभन्दा धेरै वस्तु निर्यात गर्ने शीर्ष तीन निर्यातकर्तामा छोमेन ट्रेडर्स ९५०.४० करोड०, फिन्जो सोनाम इन्टरप्राइजेज ९३९.४५ करोड० र अष्टमंगल ९३०.७० करोड०को नाम सिआइपी सूचीमा परेको छ । यस्तै, कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामा नेपाल एभरेस्ट कार्डमम प्रडक्सन ९२९१.४० करोड० र जडीबुटी क्षेत्रका वस्तुहरू सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामा दार्चुलाको एबी हर्बल ट्रेडर्स एन्ड सप्लायर्स ९३७.२५ करोड० सिआइपी सम्मानको सूचीमा छन् ।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्टलेन्ड इन्टरप्राइजेज ९१४.५५ करोड० सूचीमा परेको छ । बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिजकी रइसा टिबडेवाला परेकी छिन् । सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने विप्रेषण कम्पनीतर्फ आइएमई लिमिटेडले २९२.८१ मिलियन अमेरिकी डलर भित्र्याएको मन्त्रालयले जनाएको छ ।
पर्यटन क्षेत्रबाट विदेशी मुद्रा भित्र्याउन उच्च योगदान गर्ने एभरेस्ट हस्पिटालिटीले १.२ मिलियन अमेरिकी डलर भित्र्याएको छ । युवा उद्यमी–व्यवसायीमध्ये निर्यात व्यापार क्षेत्रमा उच्च योगदान पुर्याउनेमा रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक ३६ वर्षीय अक्षय गोल्यान सूचीमा अटाएका छन् ।
साझा अर्थ संवाददाता