पात्रो

रेडियो

समाचार खोजी

२९.८२ अंकले वृद्धि हुँदै २६९३.१२ विन्दुमा नेप्से

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार


काठमाडौं। साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८२ अंकले वृद्धि हुँदै २६९३.१२ विन्दुमा  विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएसँगै कारोबार रकम पनि बढेर ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य सर्वाधिक अर्थात् ९.९७ प्रतिशतले बढेको छ।
यो दिन लगानीकर्ता जलविद्युत उपसमूहको शेयर मूल्यमा झुम्मिएका छन् । जोशी हाइड्रो पावर, दोर्दी खोला जलविद्युत कम्पनी, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी र गुराँश लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.१९ प्रतिशतदेखि ९.९७ प्रतिशतसम्मले बढेको छ । यो दिन प्रभु स्मार्ट फण्ड, सामुदायिक लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मेल हाइड्रो पावर, सयपत्री हाइड्रो पावर कम्पनीको शेयर मूल्य २.०९ प्रतिशतदेखि ५.७९ प्रतिशतले घटेको छन् ।

 

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु