पात्रो

रेडियो

समाचार खोजी

ओम मेगाश्रीको आइपीओ बाडफाड

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत्र १२ गते मंगलबार बिहान बाँडफाँड गरेको छ । क्यापिटलका अनुसार आईपीओमा २० लाख ५६ हजार ५ सय ७६ जनाले आवेदन दिएका थिए । जस मध्ये १८ लाख ४८ हजार २ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। कम्पनीले  आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
माग भन्दा बढीको आवेदन परेकोले  कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन्  । बाँकि आवेदक भने हात खाली भएका छन् ।  

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु