नेपाल स्टक एक्सचेञ्ज सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा कायम भएको छ। बिहीबार इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो।
साझा अर्थ संवाददाता