काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहिबार आज पनि नेपाल स्टक एक्सचेञ्च ९नेप्से० १२.३८ अंकले घटेर २ हजार ६६९.७६ विन्दुमा सीमित बनेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये जीवन बीमा समूह मात्रै ०.०३ प्रतिशतले बढ्यो ।
फाइनान्स समूहमा आज सर्वाधिक १.३५ प्रतिशत, बैंकिङ ०.३७, विकास बैंक ०.२०,होटल ०.५०,हाईड्रो ०.६४,लगानी ०.१०,उत्पादन तथा प्रशोधन ०.७१,लघुवित्त ०.५५,म्युचुअल फण्ड ०.३९,निर्जीवन बीमा ०.९६,अन्य ०.६१ र व्यापार समूह ०.३२ प्रतिशतले घटेको छ ।
साझा अर्थ संवाददाता