पात्रो

रेडियो

समाचार खोजी

दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी

साझा अर्थ संवाददाता २ भदौ २०८१, आइतवार

काठमाडौँः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसान दूधको मूल्य भुक्तानी दिने प्रयार भइरहेको बताउनु भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलका क्रममा मन्त्री अधिकारीले सो कुरा बताउनु भएको हो ।
राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलका क्रममा मन्त्री अधिकारीले किसानसँग उधारोमा दूध लिने डेरी तथा उद्योगीले उक्त रकम अन्यत्र लगाउने गरेको बताउनुभयो । दूधको रकम बाँकी भुक्तानीकोलागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि जानकारी दिनुभयो । दुग्ध विकास संस्थान (डिडिसी)मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास भइर रहेको उहाँले जानकारी दिनुभयो । यसैगरी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले दुधको उत्पादन बढदै जाँदा यस्को व्यवस्थापन कसरी गर्ने भन्नेमा अध्ययन गर्न बोर्डलाई निर्देशन दिनुभयो । बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले दुधको मूल्य समायोजन बैज्ञानिक रहेकोे जनाउँदै दुग्ध किसानको रकम भुक्तानीमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनु भएको थियो ।

269 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ