आज मंगलबार नेप्से परिसुचक ७.६६ अंकले तल झरेर २६९७.०४ अंकमा रोकिएको छ । आज ३१३ कम्पनीका ८२ लाख ३७ हजार ९ सय २ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २ सय बराबरको कारोबार भएको छ ।
आज पनि हिमालयन रि को उच्च ३२ करोड ११ लाख १७ हजार ८ सय बराबरको कारोबार भएको छ ।
मिथिला लघुवित्त र हिमालयन पावरका लगानीकर्ताहरुले क्रमशः ९.९६ र ९.९० प्रतिशतले नाफा कमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
साझा अर्थ संवाददाता