पात्रो

रेडियो

समाचार खोजी

१०.१४ अंकले घट्दै २७ सय ४ विन्दुमा नेप्से

साझा अर्थ संवाददाता ४ चैत २०८१, सोमवार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’  नेप्से परिसुचक १०.१४ अंकले घट्दै २७ सय ४ को विन्दुमा बन्द भएको छ ।
सोमबार कुल ३ सय ३१ कम्पनीका ९९ लाख ३५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । आज कारोबारमा आएकामध्ये ४ समुहको उपसुचक उकालो लाग्दा ८ समुहको उपसुचकमा गिरावट आएको छ ।

यस्तै आज म्युचुअल फण्ड समुहको उपसुचक भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४५ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ८५ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

राप्ती हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८६ प्रतिशतले नाफा कमाउँदा महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि दुई पुनर्बीमा कम्पनीनै उच्च कारोबार भएको छ । हिमालयन रि​ को ४३ करोड ९३ लाख र नेपाल रि को ३० करोड ७४ लाख  बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

यसअघि हिजो आइतबार २१.६३ अंकले बजार घट्दा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७.५९ बराबरको कारोबार भएको थियो । 

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ