पात्रो

रेडियो

समाचार खोजी

२१.६३ अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता ३ चैत २०८१, आइतवार

 

काठमाडौं । साताको पहिलो कारोबार दिन  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) २१.६३ अंकले घटेको छ । आज ०.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७१४.८५ अंकमा रोकिएको छ । 

 आज ३१६ कम्पनीका १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७।५९ रुपियाँ बराबरको कारोबार भएको छ । 

सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.१९ प्रतिशतले नाफा कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५८ करोड ६६ लाख ८ हजार ३ सय ४८।२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

 

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ