पात्रो

रेडियो

समाचार खोजी

नेपाल लाइफ इन्स्योरेन्समा निर्वाचित तीन सञ्चालकले गरे पदबहाली

साझा अर्थ संवाददाता ३ चैत २०८१, आइतवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा  निर्वाचित तीनै जनाले पदबहाली गरेका छन्।

इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन चैत २ गते वीरगञ्जमा सम्पन्न भएको थियो । निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका थिए ।

चैत २ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जनाकारी दिएको छ ।
 

 

248 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता