पात्रो

रेडियो

समाचार खोजी

बीमा कम्पनीहरूको प्रिमियम संकलन तीव्र

साझा अर्थ संवाददाता १९ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, १९ जेठ: नेपाल बीमा प्राधिकरणको वैशाख मसान्तसम्मको प्रतिवेदन अनुसार जीवन बीमा कम्पनीहरूले कुल १ करोड १६ लाखभन्दा बढी सक्रिय पोलिसीबाट १ खर्ब ५६ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यसमा नेपाल लाइफ इन्स्योरेन्स ४१ अर्ब १६ करोड रुपैयाँ प्रिमियमसहित शीर्ष स्थानमा छ। सबैभन्दा धेरै २४ लाख २३ हजार सक्रिय पोलिसी भएको रिलायबल नेपाल लाइफले भने ४ अर्ब ९४ करोड रुपैयाँ मात्र प्रिमियम संकलन गरेको छ।

निर्जीवन बीमातर्फ कुल २४ लाख ११ हजार सक्रिय पोलिसीबाट ४० अर्ब २९ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ। यस क्षेत्रमा शिखर इन्स्योरेन्स ५ अर्ब १९ करोड रुपैयाँसहित अग्रस्थानमा छ भने युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ४७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

87 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु