काठमाडौं । अघिल्लो आइतबार फागुन १८ गते ७४.२४ अंक उचालिएको बजार त्यसपछिका साता दिन लगातार घटिरहेको छ । आज पनि बजार ३२.२१ अंकले घटेर नेप्से परिसूचक २७१९.२० अंकमा झरेको छ ।
यो ७ दिनमा बजार १६८.०६ अंकले घटेको हो । समग्रमा बजार उच्च अंकले घटे पनि आज विकास बैंक समूह १।९३ प्रतिशतले बढेको छ भने बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३०३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार ६ सय ८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि दुई पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । हिमालयन रि को ५८ करोड ६५ लाख र नेपाल रि को ५३ लाख ३६ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ४३.३३ अंकले बजार घट्दा १० अर्ब ९ करोड ३६ लाख रुपियाँ र हिजो सोमबार २०.६८ अंकले बजार घट्दा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७.५७ रुपियाँको शेयर किनबेच भएको थियो ।
साझा अर्थ संवाददाता