पात्रो

रेडियो

समाचार खोजी

ओम मेगाश्री फर्मासुटिकल्सको पौने १५ लाख कित्ता आइपीओ आजदेखि

साझा अर्थ संवाददाता २७ फागुन २०८१, मङ्गलवार

 

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि आम सर्वसाधारणलाई  १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको छ । चैत्र ३ गतेसम्म आवेदन दिन सकिने आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
 

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।  यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।  

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु