पात्रो

रेडियो

समाचार खोजी

दोर्दी खोलाको शतप्रतिशत हकप्रद चैत्र १९ देखि

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार

दोर्दी खोला जलविद्युत कम्पनीले चैत्र १९ गतेदेखि  १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । 
 
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको कारण  फागुन १४ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । ङादी ग्रुपद्वारा जारी हुन लागेको हकप्रदमा लगानीकर्ताले २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सानिमा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।  
दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ