पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २३ फागुन २०८१, शुक्रवार

एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गते निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन २३ गते अन्तिम दिन रहेको छ।  
बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १८ लाख कित्ता  ऋणपत्र निजि तबरबाट, १२ लाख कित्ता  सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्र मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्ने छ।  

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ