नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज फागुन २३ गते शुक्रबार बिहान बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलले सार्वजनिक गरेको आइपीओमा
कुल १८ लाख १७ हजार १ सय ४८ जनाले आवेदन दिएका थिए। माग भन्दा बढीको आवेदन परेकोले सदर आवेदकलाई समावेश गरि गोलाप्रथाबाट कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गरेको हो।
साझा अर्थ संवाददाता