साताको अन्तिम कारोबार दिन आज शेयर बजार नेप्से परिसुचक २.७० अंकले तल झरेर २८१८.४३ अंकमा रोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड का अनुसार आज ३१० कम्पनीका १ करोड ९० लाख ४१ ह्जार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार ६ सय बराबरको कारोबार भएको छ । बजार घटेपनि गार्डियन माइक्रो लाइफ, भूगोल इनर्जी, उपकार लघुवित्त, राप्ती हाइड्रो र महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९८, ९.९१ प्रतिशतले नाफा कमाएका छन् । तर, नबिल बैंकको ऋणपत्र २०८२ का लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि दुई पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । हिमालयन रि को १ अर्ब १२ करोड ८३ लाख र नेपाल रि को १ अर्ब ८ करोड १ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
यता निरन्तर पोजेटिभ सर्किट लागिरहेको गार्डियन माइक्रा लाइफको पनि आज २४ करोड ४ लाख ९१ ह्जार ३ सय ३४ रुपियाँ बराबरको शेयर किनबेच भएको छ । उक्त कम्पनीको शेयर मूल्य आज बजार बन्द हुँदा सम्म १ हजार ६ सय ७२ रुपियाँ पुगेको छ ।
साझा अर्थ संवाददाता