पात्रो

रेडियो

समाचार खोजी

लामिनार टाइल्सद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह सार्वजनिक

साझा अर्थ संवाददाता १८ फागुन २०८१, आइतवार

काठमाण्डौ । टाइल ब्राण्ड लामिनार टाइल्सले देशकै पहिलो र एकमात्र फुल–बडी टाइल "CENTO" संग्रह सार्वजनिक गरेको छ। लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै "CENTO" नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रह बजारमा ल्याएको हो। फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतह देखि पुरै अंश एउटै डिजाईनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन। लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार PEI रेटिङ्ग ५ (जसले कुनैपनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण CENTO" टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि समेत यो टाइल्स उपयुक्त भएको कम्पनीको भनाई छ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता