पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको साधारण सभा चैत्र ११ गते बस्ने

साझा अर्थ संवाददाता १५ फागुन २०८१, बिहिवार

काठमाडौंः युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको साधारण सभा चैत ११ गते बस्ने भएको छ । हाइड्रोपावरको १५ औं साधारण सभा सो दिन बस्ने भएको हो । 
साधारण सभाले हाल कायम चुक्तापुँजिको ४.२११ प्रतिशतका दरले लाभांश अनुमोदन गर्नेछ । जसमा ४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकालागि ०.२११ नगद लाभांश शेयर धनीले प्राप्त गर्नेछन् । 
साधारणसभाले बोनस शेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गरी कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु