करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपूर फाइदा लिन सक्छन् । ग्राहकलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
यो अफर विशेष गरी छोटो अवधिका लागि विनाझन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हुनेछ । उक्त प्याक ग्राहकले एनसेल एपमार्फत वा मोबाइलबाटै पनि सहजै लिन सक्नेछन् । काम, मनोरञ्जन, फिल्म वा अनलाइनमार्फत गीत–संगीतको आनन्द लिन वा सामाजिक सञ्जालमा जोडिन यो प्याकले ४८ घण्टासम्म इन्टरनेट सेवा प्रदान गर्नेछ ।
यसैगरी, ‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकले १.१ जिबी मोबाइल डेटा भोल्युम करसहित ५० रुपैयाँमा पाउन सक्नेछन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा तीन दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकाले यसले डेटा चाहिने, तर थोरै प्रयोग गर्ने ग्राहकलाई सहयोग पुग्ने बताइएको छ ।
यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाईजस्ता प्लेटफर्ममा गीत–संगीतको मज्जा लिनेलगायत कार्यका लागि उपयुक्त छ । विशेष गरी छोटो अवधिको डेटा लिन चाहनेका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफर अनलिमिटेड इन्टरनेट वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।
साझा अर्थ संवाददाता