ग्यालेक्सी एस–२५ सिरिजका स्मार्ट फोन नेपाली बजारमा खरिदका लागि उपलब्ध भएका छन् । सामसङ र गुगल एपहरूबिच अन्तक्र्रिया गर्न झन् सरल बनाउन वन युआई७ का साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध रहेको सामसङ नेपालले जनाएको छ । सामसङका अनुसार एस–२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको छ । ग्यालेक्सी एस–२४ सिरिजको तुलनामा यसपटकको प्रि–अर्डर ६० प्रतिशतले बढी भएको सामसङले जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘हामी हाम्रो नयाँ एस सिरिज ग्यालेक्सी एस–२५ अल्ट्रा, ग्यालेक्सी एस–२५ प्लस र ग्यालेक्सी एस–२५ को लोकप्रियताका लागि खुसी छौँ ।
यी स्मार्ट फोनले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्तालाई सहज र सन्दर्भअनुकूल मोबाइल अनुभव प्रदान गर्छन् ।’ ग्यालेक्सी एस–२५ अल्ट्रा १२/५१२ को मूल्य एक लाख ९९ हजार ९९९ छ भने १२/२५६ को मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, एस–२५ प्लस १२/५१२ को एक लाख ४१ हजार ९९९ तथा एस–२५ को १२/५१२ को एक लाख १४ हजार ९९९ र १२/१२८ जिबीको मूल्य एक लाख चार हजार ९९९ रुपैयाँ पर्नेछ ।
साझा अर्थ संवाददाता