काठमाडौः नेशनल लाईफ इन्स्युरेन्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब २८ करोड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनी सो अवधिमा कुल २७ करोड ९१ लाख नाफा आर्जन गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आबको दोस्रो त्रैमासिक सम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलब चालिस प्रतिशन नाफामा बृद्धी भएको छ । नफामा बृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि बृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी दश रुपैया पचहत्तर पैशा पुगेको छ । अघिल्लो वर्ष दश रुपैयाँ अठार पैशा प्रतिशेयर आमदानी रहेको थियो ।
साझा अर्थ संवाददाता