काठमार्डौंः शिवम सिमेन्टको नाफा घटेको छ । कम्पनीको खुद नाफामा ६१ दशमलब ७७ ले कमी भएको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १४ करोड ८५ लाख मुनाफा आर्जन गरेको थियो । निर्माण क्षेत्र सुस्ताउँदा सिमेन्टको ब्यापार बढ्न नसक्दा कम्पनीको मुनाफामा कमि आएको बताइएको छ ।
साझा अर्थ संवाददाता