पात्रो

रेडियो

समाचार खोजी

प्रभु बैंक र दुग्ध उत्पादक सहकारीद्वारा किसानलाई ऋण प्रवाह गर्ने समझदारी

साझा अर्थ संवाददाता २५ माघ २०८१, शुक्रवार

काठमाडाैं। प्रभु बैंकले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानलाई ऋण उपलब्ध गराउन चितवन जिल्ला दुग्ध उत्पादक सहकारीसँग सम्झौता गरेको छ।

आजदेखि चितवनमा सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ अवसरमा  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच किसान लक्षित ऋण कर्जा प्रवाह समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरे।

बैंकले हाल ३११ शाखा, २८४ एटिएम, ६९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्