चाल आवको ६ महिनामा नेपालबाट ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । पछिल्लो ६ महिनामा भटमासको प्रशोधित तेल १८ अर्ब ९१ करोड र सूर्यमुखी प्रशोधित तेल चार अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । भन्सार विभागका अनुसार ६ महिनामा सेन्थेटिक यार्न ६ अर्ब ८६ करोडको निर्यात भएको छ भने ऊनी गलैँचा कार्पेट पाँच अर्ब ६१ करोड, अलैँची चार अर्ब ५७ करोड, तयारी कपडा चार अर्ब ३८ करोड, प्लाइउड चार अर्ब २४ करोड, फलामे पाता चार अर्ब आठ करोड, फलफूलको जुस तीन अर्ब ४५ करोड, चिया तीन अर्ब १७ करोड, जमोठ कपडा दुई अर्ब ६४ करोड, जुटका कपडा दुई अर्ब ५९ करोड, कुकुर–बिरालोको खाना एक अर्ब ८१ करोड, पिना एक अर्ब ७८ करोड, पश्मिनाको सल एक अर्ब ७२ करोड, ऊनी–सुती–टेरिकटनको कपडा एक अर्ब ५४ करोड, प्रशोधित पाम आयल एक अर्ब १३ करोड, खयर कत्था एक अर्ब १३ करोड, चाउचाउ–पास्ता एक अर्बको निर्यात भएको छ ।
साझा अर्थ संवाददाता