पात्रो

रेडियो

समाचार खोजी

जुम्लामा पहिलोपटक मार्सी धान खरिद गर्दै खाद्य कम्पनी

साझा अर्थ संवाददाता २९ पुष २०८१, सोमवार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलोपटक जुम्लाको मार्सी धान खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख मोहन जोशीका अनुसार  जुम्लामा पहिलोपटक दुई सय क्विन्टल धानखरिद गर्न लागिएको हो ।  
जुम्लामा कुल दुई हजार नौ सय ५० हेक्टरमा धानखेती हुने गरेकोमा १२ सय हेक्टरमा मात्र मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । जुम्लामा हिमाली भूभागमा धानखेती सिँचित क्षेत्रमा मात्रै गरिन्छ । यो अकासेपानीका भरमा मात्रै गरिँदैन । तिला र हिमा नदी हिमालबाट आउने हुन् र कृषकले पानी जमाइराख्छन् । प्रतिहेक्टर दुई टनसम्म सो धान फल्ने गरेको छ । 
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षतामा स्थानीय खरिद समितिले प्रतिकेजी एक सय २० रुपैयाँमा मार्सी धान खरिद मूल्य तोकेको छ । जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग, वाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मूल्य समायोजन गरेर धानको मूल्य तोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले जनाएको छ । 

306 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ