पात्रो

रेडियो

समाचार खोजी

मुक्तिनाथ म्युचुअल फन्ड १ को १.२५ करोड इकाइ नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता २३ पुष २०८१, मङ्गलवार

 

मुक्तिनाथ म्युचुअल फन्ड १ को एक करोड २५ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गतको मुक्तिनाथ म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिइकाइ १० रुपैयाँअंकित दरमा सोमबार सूचीकृत भएको कम्पनीले जनाएको छ । इकाइ सूचीकरणसम्बन्धी सम्झौतामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सञ्चालक–प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । यो योजना बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । 

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ