आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य १३७ रुपैयाँ ६३ पैसा पुग्दै नयाँ रेकर्ड बनाएको छ । डलरको मूल्य महँगो हुँदा सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा े हुन गर्छ । नेपाली कामदारले विदेशबाट डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ । त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ । यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ ।
त्यस्तै डलर महँगो हुँदा नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ ।
तर नेपालले निर्यात भन्दा आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ ।
साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।
साझा अर्थ संवाददाता