पात्रो

रेडियो

समाचार खोजी

नेपाल एसबिआई बैंकको लाभांश पारित

साझा अर्थ संवाददाता २२ पुष २०८१, सोमवार

काठमाडौं । नेपाल एसबिआई बैंकको ३१औं वार्षिक साधारण सभाले सेयरधनीलाई लाभांश दिन गरेको प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको थियो । यो प्रस्ताव सम्पन्न साधारणसभाले पारित गरेको हो ।


सभाले आव २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको नाफानोक्सान हिसाब, सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत० पारित गरेको छ ।

उक्त साधारण सभाले आ।व। २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि।आर। उपाध्याय एण्ड कं।, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ