लगातार ३ दिन बढेको सुनको भाउ आज घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएका छ । आज आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १४ सय, ५०० र २ हजार रुपैयाँले बढेको थियो ।
आइतबार चाँदी तोलाको १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।
साझा अर्थ संवाददाता