पात्रो

रेडियो

समाचार खोजी

सातामा प्रतितोला ३३ सयले बढ्यो सुन

साझा अर्थ संवाददाता २० पुष २०८१, शनिवार

यो साता सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँले बढेको छ । आइतबार तोलामा एक लाख ५० हजार दुई सय रुपैयाँमा किनबेच भएको सुन शुक्रबार एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । 

सोमबार सुन तोलामा चार सयले घटेर एक लाख ५० हजार दुई सय रुपैयाँ पुगेको थियो । तेस्रो दिन मंगलबार थप एक हजार रुपैयाँले घट्यो । त्यसपछि बुधबार तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो । बिहीबार थप पाँच सय रुपैयाँले बढेको सुन शुक्रबार तोलामा दुई हजार रुपैयाँले बढेको छ । 

81 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ