बुधबार प्रति तोला १५ सय रुपैयाँ बढेको सुनको भाउ आज बिहिबार पनि बढेको छ । बुधबार प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले महँगो हुँदै प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ३४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता