पात्रो

रेडियो

समाचार खोजी

तीन रेमिट्यान्स कम्पनीको लाईसेन्स खारेज

साझा अर्थ संवाददाता १२ पुष २०८१, शुक्रवार



नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तीन रेमिट्यान्स कम्पनीको लाईसेन्स खारेज गर्ने निर्णय गरेको छ ।

विभागले नमस्ते रेमिट इन्टरनेशनल, मोडर्न रेमिट्यान्स,  र भाटभटेनी मनि ट्रान्सफरको लाईसेन्स खारेज गरेको हो ।  राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम – १३ को उप(विनियम ९५० बमोजिम लाईसेन्स खारेज गरिएको जनाएको छ।

  यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन(विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५  दिनभित्र  विभागमा लिखित स्पमा जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यी विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

 

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता