पात्रो

रेडियो

समाचार खोजी

कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, २५ जना जीवितै उद्धार

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार

काठमाडौं । कजाकिस्तानमा ६७ यात्रुसहित उडेको  विमान दुर्घटनाग्रस्त भएको छ । कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको जनाएको छ ।
 अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान आँधीबेहरीका कारण ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ । अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन् ।

256 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता