पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, ०७८ को सातौँ संशोधन

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार

 

नेपाल राष्ट्र बैंकले मंगलबार नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, ०७८ को सातौँ संशोधन गरेको 5 । अब स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा कम भए बैंकहरूले स्थायी निक्षेप सुविधा लिन नपाउने भएका छन् । 

 अहिले राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिएर बैंकहरूलाई स्थायी निक्षेप सुविधा दिइरहेको छ । तर, अब बैंकहरूले त्यो सुविधा पाउन ग्राहकलाई स्वदेशी मुद्राको बचत र निक्षेपमा ३ प्रतिशतभन्दा बढी ब्याजदर दिएको हुनुपर्नेछ । त्योभन्दा कम भएमा यो सुविधा नपाउने राष्ट्र बैंकले जनाएको छ । 

‘स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा दिइने न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको’ भन्दै संशोधित कार्यविधिमा उल्लेख गरिएको छ । ‘बैंकहरूले नाफा कमाउने नियमित कर्जा प्रवाहको ब्याजबाट हो । हामीले त राहत मात्रै दिएको हो । ग्राहकलाई ३ प्रतिशतभन्दा कम ब्याजदर दिने र राष्ट्र बैंकबाट ३ प्रतिशत ब्याज लिने भन्ने हुँदैन ।

तसर्थ, यस्तो सर्त राखेका हौँ,’ राष्ट्र बैंकका एक अधिकारीले बताए । कर्जाको माग नभएपछि बैंकहरूले पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै गएका छन् । थप ब्याजदर घटाउन नदिने उद्देश्यअनुसार पनि यस्तो सर्त तोकिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । 

यद्यपि, बैंकहरूलाई प्रचलित कानुनअनुसार ब्याजदर परिवर्तन गर्न कुनै बाधा हुनेछैन । त्यस क्रममा स्वदेशी मुद्राको बचत र निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल गएमा बैंकहरूले स्थानीय निक्षेप सुविधा नपाउने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

302 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता