पात्रो

रेडियो

समाचार खोजी

मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४७ खर्ब २२ अर्ब

साझा अर्थ संवाददाता ९ पुष २०८१, मङ्गलवार

 चालू आर्थिक वर्ष ०८१र८२ को मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४७ खर्ब २१ अर्ब ९३ करोड पुगेको छ । नेपाल बैंकर्स संघका अनुसार  असार मसान्तसम्म कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो । यो अवधिमा एक खर्ब ५१ अर्ब दुई करोड कर्जा बढेको छ । गत आवको पाँच महिनासम्म ४४ खर्ब २० अर्ब कर्जा प्रवाह भएको थियो । 

हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् ।मंसिरमा जलविद्युत् परियोजना, निर्माण क्षेत्र, सिमेन्ट उद्योगबाट कर्जा माग भएको बैंकरहरू बताउँछन् । सेयर कर्जा पनि सामान्य बढेको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा भने वाणिज्य बैंकहरूबाट मात्रै एक खर्ब ५१ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो । मंसिर मसान्तसम्म आउँदा त्यो बढेर ४७ खर्ब २१ अर्ब ९३ करोड पुगेको छ । 

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ