पात्रो

रेडियो

समाचार खोजी

आज ४० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता ९ पुष २०८१, मङ्गलवार



काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले  तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्ने भएको छ ।  
  निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १२ दिनका लागि  अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ ।  

इच्छुक आवेदकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी  आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी पुस २१ गते हुनेछ ।  

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ  । 

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता