चालू आर्थिक वर्ष ०८१र८२ को हालसम्म दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ ।
गत आवको यहि अवधिसम्म वैदेशिक सहयता प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँ थियो । समीक्षमा अवधिमा यस्तो प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको हो ।
अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदशिक सहायता प्राप्ति भने ४४ अर्ब आठ करोड छ । त्यसमा अनुदान ६ अर्ब ७५ करोड र ऋण प्राप्ति भने ३७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । सरकारले चालू आवमा ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ अनुदान र दुई खर्ब १७ अर्ब रुपैयाँ विदेशी ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।
समीक्षा अवधिमा लक्ष्यको १२.१७ प्रतिशत अनुदान र १७.२० प्रतिशत ऋण प्राप्ति भएको अर्थले जनाएको छ ।
साझा अर्थ संवाददाता