काठमाण्डौ । बिहिबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भईरहेको छ ।
साझा अर्थ संवाददाता