पात्रो

रेडियो

समाचार खोजी

डेढ लाखबाट ओरालो लाग्यो सुनको मूल्य

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार



काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  
यससँगै सुनको मूल्य डेढलाख बाट तल झरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।  

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाा कायम थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि   ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ । 

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता