पात्रो

रेडियो

समाचार खोजी

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

 

नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्वाचित भएका छन् । संघको ३८औँ वार्षिक साधारणसभाले अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्य निर्वाचित गरेको हो । 

अध्यक्षमा निर्विरोध निर्वाचित कोइराला यसअघि संघको उपाध्यक्ष थिए । साथै, उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध भएका छन् । कार्यकारिणी समितिका तीनजना सदस्यहरूमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयलाई निर्विरोध निर्वाचित गरेको छ । 

 संघको कार्यकारिणी समितिमा प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल पनि सदस्य छन् । साथै, निवर्तमान अध्यक्ष सुनील केसी कार्यसमितिको पदेन सदस्यको रूपमा रहनेछन् । पूर्वअध्यक्षहरू अशोकशमशेर जबरा र ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यसमितिको सल्लाहकारको रुपमा रहनेछन् । 

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता