आज मंगलबार सुनको भाउ २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ पुगेको छ। सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा सामान्य बढेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता