पात्रो

रेडियो

समाचार खोजी

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार

 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज पुस २ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले पुस १९ गते रुपन्देहीमा बोलाएको  साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

285 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता