पात्रो

रेडियो

समाचार खोजी

अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे : प्रान्तीय अधिकारी

साझा अर्थ संवाददाता ३० मंसिर २०८१, आइतवार

काबुल, ३० मङ्सिर (रासस/एएफपी) :अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन् । उनले अधिकारीहरूले घन्टौँदेखि फसेकाहरूलाई उद्धार गर्न प्रयास गरिरहेको जानकारी दिए ।

    समङ्गन प्रान्तको दारा–ए सोफ पाइन जिल्लाको खानी शनिबार राति भत्किएको समङ्गनका गभर्नरका प्रवक्ता इस्मत मुरादीले जानकारी दिनुभयो ।

    “बत्तीस जना फसेका छन् र तीमध्ये कतिजना मरेका छन् वा जीवित छन् भन्ने स्पष्ट छैन”, उनले भने “उत्खननकर्ता र उद्धारकर्ताहरूले बिहानदेखि काम गरिरहेका छन् तर दुर्भाग्यवश खानीको ढोका अझै खोल्न सकिएको छैन ।” 

    अफगानिस्तानको खानी उद्योगको निगरानी कमजोर छ र घातक दुर्घटनाहरू सामान्य छन् । 

    कोइलासँगै अफगानिस्तानमा सङ्गमर्मर, खनिज, सुन र रत्नको उत्खनन गरिन्छ तर मजदुरहरू प्रायः उचित उपकरण वा सुरक्षा गियर बिना प्राथमिक खाडलहरूमा काम गर्छन् ।  

    सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा भूमिगत फसेका कम्तीमा १० खानी मजदुरको मृत्यु भएको थियो । 

    सन् २०२० जुनमा समङ्गनको एउटा खानीमा ग्याँस विस्फोट हुँदा गुफामा पसेका सात खानी मजदुरको मृत्यु भएको थियो । 

    एक वर्षअघि बदाखसान प्रान्तमा सुनको खानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । त्यहाँ गत वर्ष जनवरीमा अर्को सुन खानी भत्किएको थियो । उक्त दुर्घटनामा मृत्यु अज्ञात छ । 

144 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता